प्रधानमन्त्रीको विदेश भ्रमणका बेला विमानस्थलमा भीडभाड गर्न नपाइने, सरकारले तोक्यो मापदण्ड

प्रधानमन्त्रीको विदेश भ्रमणका बेला विमानस्थलमा भीडभाड गर्न नपाइने, सरकारले तोक्यो मापदण्ड
फाइल तस्बिर

काठमाडौं : सरकारले प्रधानमन्त्रीको विदेश भ्रमणका बेला हुने विमानस्थलमा हुने गरेको तामझाममा रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलमा अनावश्यक भीडभाड हुन थालेपछि मापदण्ड लागू गर्ने निर्णय गरेको छ।

बैठकले विदेश भ्रमणका बेला प्रधानमन्त्रीलाई पुर्‍याउन वा लिन निश्चित व्यक्तिहरूमात्रै जान पाउनेगरी नयाँ मापदण्ड ल्याएको हो। एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले १४-१५ जनामात्रै उपस्थित हुनेगरी नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो।

अबदेखि निश्चित पदमा रहेका व्यक्तिले मात्रै प्रधानमन्त्रीलाई विमानस्थलमा पुर्‍याउन वा लिन जान पाउनेछन्। जसमा गृहमन्त्री, पर्यटनमन्त्री, आईजीपीहरू, मुख्य सचिवहरू रहने ती मन्त्रीको भनाइ छ। 

'विमानस्थलमा अनावश्यक भीड हुनेगरी मन्त्री, सरकारी अधिकारी र नेता-कार्यकर्ता उपस्थित हुन थालेपछि नयाँ मापदण्ड लागू गरिएको छ। अबदेखि बढीमा १४-१५ जनामात्रै विमानस्थलमा प्रधानमन्त्रीलाई पुर्‍याउन वा लिन जान पाउनेछन्,' ती मन्त्रीले अन्नपूर्णसँग भने। 

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। विमानस्थलमा अनावश्यक भीडभाड नहोस् भनेर प्रधानमन्त्रीको निर्देशमा नयाँ मापदण्ड ल्याइएको हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.