मुलुकलाई अघि बढाउन बलियो राजनीतिक दल चाहिन्छ : शंकर पोखरेल

मुलुकलाई अघि बढाउन बलियो राजनीतिक दल चाहिन्छ : शंकर पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई अघि बढाउन धेरै राजनीतिक दलहरू नभइ बलियो राजनीतिक दल हुनुपर्ने बताएका छन्।

बिहीबार कीर्तिपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले धेरै राजनीतिक दल र धेरै सरकार परिवर्तन हुने गर्दा मुलुक विकास हुन नसक्ने भन्दै धेरै भन्दा थोरै तर बलिया राजनीतिक दल आवश्यक रहेको बताए। 

नेपालमा छिटो छिटो सरकार परिवर्तन हुने गरेकाले देश बन्न नसकेको उनले बताए। उनले ३२ सिट भएकाले म्याजिक नम्बर भन्दै सरकारको नेतृत्व गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे। पोखरेलले देशलाई अघि बढाउनका लागि युवाहरू राजनीतिमा आउनुपर्नेमा जोड दिए।

उनले एमाले नेतृत्वको सरकारमा पालामा युवाहरूको विदेश पलायन कम भएको तथ्याङ्कले देखाएको जिकिर गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.