स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु, प्रचारमा रोक

स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु, प्रचारमा रोक
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : उपनिर्वाचनको प्रचारप्रसार र गतिविधि नगर्न बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । बिहीबार राति १२ बजेदेखि मत माग्नेदेखि चुनावका कुनै पनि गतिविधि नगर्न निर्वाचन आयोगले निर्देशन जारी गरेको छ । 

यस अवधिलाई ‘मौन अवधि’ भनिन्छ । मंसिर १६ गते आइतबार ७ देखि ५ बजेसम्म ४१ स्थानमा स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मतदातालाई असल उम्मेदवार चुन्नका लागि निर्णय लिन आयोगले मौन अवधिको सुविधा दिन्छ । तर, यो अवधिमा मतदातालाई प्रभावित गर्न दल र उम्मेदवारले मनी, मसल, पावर प्रयोग गर्ने गरेको पाइन्छ । आयोगले चुनावमा निषेधित गतिविधि गर्न नदिन कडा निर्देशन दिएको छ । 

‘उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावर समन्वय गर्न मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मंसिर १३ गते राति १२ः०० बजेदेखि सुरु हुने भएको छ’, आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले भनिन्, ‘निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले कानुन विपरीतका गतिविधि गर्नबाट रोक लगाइन्छ ।’

काठमाडौं र कीर्तिपुरमा अनुगमन टोली

आयोगले उपनिर्वाचन हुन लागेका काठमाडौंका दुई स्थानमा विशेष अनुगमन टोली खटाएको छ । उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले टोली खटाएको आयोगले जनाएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका र काठमाडौं–१६ मा अनुगमन टोली खटाएको हो । निर्वाचन आचारसंहिताको उल्लंघन भएको गुनासो आएपछि आयोगले टोली खटाएको हो । काठमाडौं महानगरपालिका–१६ मा सहसचिव  नारायणप्रसाद सापकोटाको नेतृत्वमा र कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको अनुगमन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीको नेतृत्वमा टोली खटाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.