सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले बढ्यो
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज फेरि बढेको छ। अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुन आज १६ सय रुपैयाँ बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको हो।
बिहीबार प्रतितोला सुन १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बुधबार प्रतितोला सुन १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको समहासंघले जनाएको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भएको थियो।