कार्ल्सबर्ग ग्रुपद्वारा सीएसएपीएल सिंगापुरको ३३.३ प्रतिशत सेयर खरिद
काठमाडौं : कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल)मा रहेको सीएसएपीएल (सिंगापुर) होल्डिङ्सको बाँकी ३३.३ प्रतिशत सेयर खरिद गरेको छ।
इन्स्योरेन्स संगै जीवन बीमा गरी कार्ल्सबर्ग ग्रुपले गत साउन तेस्रो साता ७७ करोड ४० लाख अमेरिकी डलर (१ खर्ब ३ अर्ब रुपैयाँ)मा सेयर खरिद गर्ने सम्झौता गरेको थियो।
कार्ल्सबर्ग इन्डिया प्रालि (सीआईपीएल)मा सीएसएपीएलको १०० प्रतिशत सेयर स्वामित्व छ। नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रालिमा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गर्दै आएको छ।
सेयर खरिदसँगै कार्ल्सबर्ग ग्रुपले अब भारतमा रहेको व्यवसायको सतप्रतिशत स्वामित्व ग्रहण गरेको छ भने सीएसएपीएलमार्फत गोर्खा ब्रुअरीमा ९९.९४ प्रतिशत सेयर स्वामित्व कायम गरेको छ।