यस वर्ष डडेल्धुराका ३१ विद्यालयमा नँया भवन

यस वर्ष डडेल्धुराका ३१ विद्यालयमा नँया भवन
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराका ३१ विद्यालयमा नँया भवन बन्ने भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा दुईसय ४७ विद्यालय मद्ये जिल्लाका ३१ वटा विद्यालयमा नँया भवन निर्माण हुनेछन्। 

कतिपय विद्यालयमा भवन निर्माण हुँदा गर्मी र वर्षाको समयमा नियमित कक्षा सञ्चालनका लागि समस्या हुने देखिन्थ्यो। विद्यार्थी संख्या र भवनको आवश्यकता भएका विद्यालयहरूमा नँया दुई कोठे भवन निर्माण हुन थालिएको हो। कक्षा स्तरोन्नति भएका विद्यालय र भवनको समस्याका कारण पठनपाठन नै अवरुद्ध हुने स्थान तथा पुराना जीर्ण भवन भएकै विद्यालयलाई प्राथमिकतामा राखी बजेट व्यवस्था भएको समाजिक विकास कार्यालयले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास कार्यालय मार्फत यस वर्ष ३१ वटा विद्यालयमा दुई कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको हो। प्रत्येक भवन निर्माणका लागि २५ लाखका दरले बजेट विनियोजन भएको सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख राधाकृष्ण जोशीले जानकारी दिए। 

कार्यालय प्रमुख जोशीले गत वर्षको भन्दा यस वर्ष विकास निर्माण तथा भवन निर्माणमा जिल्लाको बजेटमा वृद्धि भएको जनाएका छन्। यस अघिका वर्षहरूमा दुई कोठे भवन निर्माणका लागि २१ लाख रुपैयाँका दरले बजेट विनियोजन हुँदै आएको थियो। यस वर्ष २५ लाखका दरले रकम विनियोजन भएको जनाए।

विद्यालय भवनसँगै खेलकुद मैदान, सीप विकास, स्वास्थ्यका योजना पनि निर्माण गर्दै आएको सामाजिक विकास कार्यालयसँग यस वर्ष ६७ योजना भौतिक पूर्वाधार निर्माणका रहेको कार्यालय प्रमुख जोशीले बताए। जसअन्तरगत १० वटा खेल मैदान निर्माण, १६ वटा विद्यालयमा आईसिटी निर्माणका योजनाहरू रहेका जानकारी दिए।

एउटा विद्यालयमा पाँच लाखका दरले आईसिटी निर्माणका लागि बजेट रहेको उनले बताए। गत वर्ष करिब पाँच करोड मात्रै बजेट रहेको सामाजिक विकास कार्यालयमा यस वर्षको बजेट १५ करोड ७३ लाख रहेको छ। जुन बजेट भौतिक पूर्वाधारका लागि र प्रविधि आईसिपट कक्षा निर्माणका लागि रहेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.