बसको ढोकाबाट खसेर काठमाडौंको तारकेश्वरमा दुई जनाको मृत्यु

बसको ढोकाबाट खसेर काठमाडौंको तारकेश्वरमा दुई जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका-८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका-५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका-१ घर भई काठमाडौं तारकेश्वर-८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो।  

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।  बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए। दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.