मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित

मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित
सुन्नुहोस्

क्वालालम्पुर : मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षापछि आएको बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन्।

यो सङ्ख्या सन् २०१४ मा देशमा आएको बाढीको समयमा विस्थापित एक लाख १८ हजारलाई नाघेको छ भने अधिकारीहरूले यो अझै बढ्न सक्ने बताएका छन्। केलान्तान, तेरेन्गानु र सारवाकमा मृत्यु हुनेको सङ्ख्या चार रेकर्ड भएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीको तथ्याङ्कअनुसार केलान्तान राज्य बाढीको चपेटामा परेको छ। बाढीको बाट प्रभावित हुने मध्ये ६३ प्रतिशत रहेका छन्। तेरेन्गानुमा लगभग ३५ हजार मानिसहरुलाई विस्थापित भएका थिए भने बाँकी विस्थापितहरू अन्य सात राज्यहरूबाट रिपोर्ट गरिएको थियो। यस हप्ताको सुरुमा भएको भारी वर्षा केलान्तानको पासिर पुतेह सहरमा जारी रह्यो, जहाँ मानिसहरू जलमग्न सडकहरुबाट हिडिरहेको देख्न सकिन्थ्यो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.