डोल्पावासीका आधारभूत आवश्यकता पूरा गर्न सरकार कटिबद्ध छ : मन्त्री यादव

डोल्पावासीका आधारभूत आवश्यकता पूरा गर्न सरकार कटिबद्ध छ : मन्त्री यादव
सुन्नुहोस्

डोल्पा : खानेपानी मन्त्री प्रदीप यादवले हरेक डोल्पावासी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सरकार कटिबद्ध रहेको बताएका छन्। 

नेपालको उच्च हिमाली जिल्ला डोल्पाको ठूलोभेरी नगरपालिका–६ दूरगाउँ काएखोलीमा निर्माण गरिएको खानेपानी तथा सरसफाइ योजनाको आज शनिबार उद्घाटन गर्दै मन्त्री यादवले डोल्पावासीका हरेक आवश्यकता पूरा गर्नका लागि नेपाल सरकार सधैँ तत्पर र कटिबद्ध रहेको बताएका हुन्। 

null

खानेपानीका यस्ता योजनाहरूले डोल्पा सहितका नेपालका अन्य दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवको भनाइ थियो। आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाले स्थानीयवासीको दीर्घकालीन आवश्यकता पूरा गर्दै स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण कोसेढुंगा साबित हुने मन्त्री यादवले विश्वास व्यक्त गरे। मन्त्री यादवले डोल्पावासीको सहकार्य एवं सहयोगबाट डोल्पा जिल्लामा खानेपानी आयोजनाका कामहरूमा राम्रो उपलब्धि सम्भव भएको भन्दै धन्यवाद समेत व्यक्त गरे। 

null

यसैगरी मन्त्री यादवले आजै डोल्पाको ठूलीभेरी नगरपालिकामा खानेपानी मन्त्रालयको समन्वयमा स्थापित ठूलीभेरी नगरपालिका–७ जुफालमा रहेको ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको समेत उद्घाटन गरे। स्थानीय समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्य समस्याहरू कम गर्न र पानीको दिगो व्यवस्थापनमा शुद्ध र स्वच्छ खानेपानीका आयोजनाले महत्वपूर्ण योगदान दिने मन्त्री यादवले बताए। 

उनले भने, ‘नेपालका ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता छ, सोही अनुसार मन्त्रालय अगाडि बढेर काम गरिरहेको छ।’ खानेपानी तथा सरसफाइ योजना तथा ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको परियोजनाले डोल्पावासीको शुद्ध र स्वच्छ खानेपानीका लागि थप सुदृढ बनाएको मन्त्री यादवले बताए। 

null

यस परियोजनाको सफल सञ्चालनले खानेपानी तथा सरसफाईको विकासमा नयाँ इतिहास रच्ने उनको भनाइ थियो। डोल्पा जिल्लामा निर्माण गरिएका खानेपानीका आयोजना निर्माण सम्पन्न कार्यलाई सफल पार्न एवं सहायता केन्द्र स्थापना गर्न सहयोग गर्ने स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवालाहरू, स्थानीय तह, फिनल्याण्ड सरकार र युरोपियन युनियन प्रति समेत मन्त्री यादवले धन्यवाद व्यक्त गरेका थिए। उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवि शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार थापा लगायतको टोली डोल्पामा पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.