उदयपुरमा उपनिर्वाचनको तयारी पूरा

उदयपुरमा उपनिर्वाचनको तयारी पूरा
सुन्नुहोस्

उदयपुर : भोलि हुने उपनिर्वाचनमा उदयपुरका दुई वडाको तयारी पूरा भएको छ। त्रियुगा नगरपालिका-१२ को निर्वाचनका लागि सदरमुकाम गाईघाटस्थित वडा नम्बर १३ को जनप्रेमी आधारभूत विद्यालय र बेलकाको वडा ९ स्थित वर पिपल माध्यमिक विद्यालयलाई मतदान स्थल बनाइएको छ। 

त्रियुगा १२ का सहायक निर्वाचन अधिकृत दिलिप थापामगरका अनुसार वडानं १२ मा कुनै पनि विद्यालय नरहेकाले नजिकमा रहेको वडा नं १३ को विद्यालय रोजिएको हो। उक्त विद्यालयमा चार वटा मतदान केन्द्र रहेका छन्। वरपिपल मावि सभाहल मतदान स्थलमा व्यवस्थित लाइनका लागि बाँसको बारबेरादेखि लिएर सुरक्षा लगायतका कार्यको तयारी पूरा भएको उनले बताए। मतदानस्थलमा नै मतगणना कार्य हुने भएकाले जाली लगायत सीसी क्यामेराहरु जडान गरिएको उनले बताए। 

बेलकामा तीन वटा मतदान केन्द्र रहने निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिए। उनका अनुसार मतगणना नगरपालिकाको सभाहलमा गरिने छ। 

त्रियुगामा १ स्वतन्त्रसहित ९ जनाले र बेलका नगरपालिका-९ मा ७ जना प्रतिस्पर्धामा छन्। त्रियुगामा नेकपा एमालेका लक्ष्मीनारायण चौधरी, नेपाली काँग्रेसका सन्जिव काफ्ले, नेकपा माओवादी केन्द्रका नविनकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलको उम्मेदवारी रहेको छ।  त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरी, राप्रपाका लालबाबु साह, जनमत पार्टीका प्रमोद मलाह सहनी, नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरी र स्वतन्त्रबाट वजरंगीकुमार दाशको उमेदवारी रहेको छ। 

त्यस्तै बेलका ९ मा नेकपा एमालेका मोहन खड्का, नेपाली कांग्रेसका नवराज बस्नेत, नेकपा माओबादी केन्द्रका भरत घिमिरेले प्रतिस्पर्धामा छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाइजेसन पार्टीका सुरे तामाङको उम्मेदवारी रहेको छ। 

गत ०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरू त्रियुगा १२ का चुडाराज काफ्ले र बेलका ९ का पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.