राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, चीन भ्रमणबारे छलफल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, चीन भ्रमणबारे छलफल
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत सहभागी थिइन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग चीन भ्रमण र समसमायिक विषयमा छलफल गरेका छन्। प्रधामन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन्।

परराष्ट्रमन्त्री राणा भने चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएकी छन्। प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि चीन गएकी परराष्ट्रमन्त्री राणाले छेन्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। त्यस क्रममा राणाले विदेशमन्त्री यीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.