एनपीएल खेलका क्रममा भीडमा च्यापिएर सात जना घाइते, एक प्रहरी गम्भीर

एनपीएल खेलका क्रममा भीडमा च्यापिएर सात जना घाइते, एक प्रहरी गम्भीर
तस्बिर : सुनिता डंगोल

काठमाडौं : कीर्तिपुर नगरपालिका-१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सातजना घाइते भएका छन्। 

शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सातजना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार, घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वरमा बस्दै आएका २५ वर्षीय जयन श्रेष्ठ, धादिङको खनियावास घर भई केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका संघीय संसद् सुरक्षा बेस बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र जुम्ला घर भई सोही बेसमा कार्यरत प्रहरी दानबहादुर राउत छन्।

यस्तै, गुल्मीको कालीगण्डकी घर भई बानेश्वरमा बस्दै आएका २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सीतापाइलामा बस्दै आएका ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेँगी र रुकुम पश्चिमको मुसिकोट घर भई काठमाडौमा बस्दै आएका ३२ वर्षीय प्रेम खड्गी पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ। 

घाइतेमध्ये प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। बाँसबारीस्थित न्युरो अस्पतालमा उनको उपचार भइरहेको छ। काठमाडौंका विभिन्न अस्पतालमा अरू घाइतेको उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.