ककनीमा मतदानको सम्पूर्ण तयारी पूरा

ककनीमा मतदानको सम्पूर्ण तयारी पूरा
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्ष पदको निर्वाचनको तयारी पूरा भएको छ। 

मतदानका लागि  आवश्यक मतपत्र, छेकावार, स्वस्तिक छाप, मसी लगायतका सम्पूर्ण सामग्रीहरू मतदान केन्द्रमा पुगिसकेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। ककनीको उपनिर्वाचनमा चार वटा मतदान केन्द्र कायम गरिएका छन्। 

ककनी २ को वडाध्यक्ष पदमा हुने स्थानीय तह उपनिर्वाचनका लागि ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। उपनिर्वाचनका लागि नुवाकोटमा प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीसमेत गरि पाँच सय कर्मचारी परिचालन गरि निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए। 

उनका अनुसार उपनिर्वाचनको लागि अव आइतवार मतदान कार्य मात्र बाँकी रहेको छ।  उपनिर्वाचन निष्पक्ष, विवादरहित, सभ्य, स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि चारसय सुरक्षाकर्मी परिचालन गरिएको नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको भनाइ छ। 

ककनी २ मा तीन हजार एकसय  ७३ जना मतदाता रहेका छन्। यही मंसिर १६ गते तय भएको उपनिर्वाचनमा ककनी २ मा एक हजार ५ सय २२ जना महिला र एक हजार ६ सय ५१ जना पुरुष गरी तीन हजार एकसय ७३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।

२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट ककनी २ को वडाध्यक्षमा निर्वाचित कांग्रेसका तीलकबहादुर लामाको गत वर्ष निधन भएसँगै रिक्त रहेको सो पदमा उपनिर्वाचन हुन लागेको हो। वडाध्यक्षमा मुख्य दलहरू कांग्रेस, एमाले, माओवादी, रास्वपाका उम्मेदवारहरू बीच नै मुख्य प्रतिस्पर्धा रहेको स्थानीयवासी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.