फेंगल आँधी तमिलनाडु-पुडुचेरीमा, रेड अलर्ट जारी
नयाँ दिल्ली : चक्रवाती आँधी फेंगल तमिलनाडु र पुडुचेरीको तटमा पुगेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार आँधी शनिबार राति भारतीय समय १०:३० देखि ११:३० बजेको बीचमा यी तटहरूमा पुगेको हो।
आईएमडीका अनुसार यस अवधिमा हावाको गति ७० देखि ८० किलोमिटर प्रतिघण्टादेखि ९० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ। फेङ्गल आँधी बिस्तारै पश्चिम र दक्षिण पश्चिम दिशातर्फ सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको केही घण्टामा आँधी क्रमशः कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम विभागको पछिल्लो अपडेट अनुसार, चक्रवाती तूफान फेंगल उत्तरी तटीय तमिलनाडु र पुडुचेरीमा दिउँसो १२:३० बजेसम्म रहेको जनाइएको छ। यस अवधिमा हावाको गति ६५-७५ किलोमिटर प्रतिघण्टादेखि ८५ किलोमिटर प्रतिघण्टासम्म रहेको थियो।
चेन्नई र कराइकलमा डप्लर मौसम रडार मार्फत आँधीको निगरानी भइरहेको छ। फेंगलका कारण शनिबार चेन्नईमा ११.४ सेमी र पुडुचेरीमा ३९ सेन्टिमिटर वर्षा भएको थियो। शनिबार, चेन्नईसहित धेरै क्षेत्रमा भारी वर्षा र पानी जमेको थियो।
तमिलनाडु सरकारले स्कुल र कलेजमा बिदा दिनुका साथै माछा मार्नेहरूलाई समुद्रमा नजान आदेश दिएको छ । तमिलनाडु र पुडुचेरीमा प्रशासन उच्च सतर्कतामा छ र शैक्षिक संस्थाहरूलाई कुनै पनि प्रकारको परीक्षा वा विशेष कक्षाहरू सञ्चालन नगर्न भनिएको छ।
फेंगलका कारण तमिलनाडुका धेरै ठाउँमा भारी वर्षाको रेड अलर्ट जारी गरिएको छ। भारी वर्षाका कारण धेरै उडान रद्द गर्नुपरेको छ । बीबीसी