उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान
काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन्। काठमाडौं महानगरपालिका-१६ मा जारी स्थानीय तह उपनिर्वाचनका लागि उपप्रधानमन्त्री सिंहले मतदान गरेका हुन्।
उनले पक्नाजोलस्थित युवक मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्। वडा नम्बर -१६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त सो स्थानमा उपनिर्वाचन भएको हो।
सो वडाको वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा र स्वतन्त्रसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन्।