२१ लाख मूल्यका मोबाइल सामग्री बरामद
परासी : भारतबाट भन्सार छलेर ल्याइएका २१ लाख बराबरका मोबाइलका सामग्री प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण नवलपरासीको टोलीले शनिबार राति बर्दघाट नगरपालिका– ८ स्थित सूर्यपुराबाट उक्त सामग्री बरामद गरेको हो ।
मानिस नबस्ने कच्ची घरमा २८ वटा प्याकमा लुकाई राखेको अवस्थामा विभिन्न ब्राण्डका मोबाइलका टेम्पर ग्लास, कभर, एयर फोन र घडी बरामद भएको गणका एसपी प्रकाश वाग्लेले जानकारी दिए । बरामद भएका सामग्रीमा टेम्पर ग्लास १४ हजार ३०० पिस, कभर ४ हजार ६८०, एयर फोन ४९८ र घडी ३७५ पिस रहेका छन् ।
बेबारिसे अवस्थामा बरामद भएका उक्त सामग्रीको मूल्य २० लाख ८६ हजार कायम गरी महेशपुर भन्सार कार्यालय पठाइएको एसपी वाग्लेले जानकारी दिए ।