स्थानीय तह उपनिर्वाचन

बझाङमा शान्तिपूर्ण मतदान जारी : ६६३ मत खस्यो

बझाङमा शान्तिपूर्ण मतदान जारी : ६६३ मत खस्यो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बझाङ : सुर्मा गाउँपालिका-४ मा वडाध्यक्ष पदका लागि बिहान ७ बजेदेखि उपनिर्वाचन जारी छ। बिहान ११: १५ बजेसम्म ६६३ मत खसिसकेको छ। यहाँ कूल १५५४ मतदाता रहेका छन्। जसमा ११०० सय मत खस्ने अनुमान गरिएको छ।

 मतदान अहिलेसम्म शान्तिपूर्ण वातावरणमा भइरहेको निर्वाचन कार्यालय बझाङले जनाएको छ । वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट धिरेन्द्र  पुजारा,नेकपा एमालेबाट लखिचन्द्र बोहरा र माओवादी केन्द्रबाट पुष्कर बोहराको उम्मेदवार परेको निर्वाचन कार्यालयले जनाएको छ ।

आजै राति २ बजेभित्र नतिजा आउन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । गत निर्वाचनमा विजयी एमालेका सर्जन बोहराको मृत्यु भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो ।

अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले ६ सय २९ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६ सय ४ मत ल्याएका थिए ।

मतदान सफल बनाउन ९७ जना शशस्त्र प्रहरी र ८६ जना जनपथ प्रहरी गरी १८३ जना सुरक्षाकर्मी खटिएका छन्।  उपनिर्वाचनको बाहिरी सुरक्षामा नेपाली सेनाले गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.