धनुषाधाम-१ मा उपनिर्वाचन : ५१ प्रतिशत मत खस्यो
धनुषाधाम : स्थानीय तहको उपनिर्वाचनका क्रममा धनुषाको धनुषाधाम वडा नम्बर १ मा अहिलेसम्म ५१ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन कार्यालय धनुषाधामका मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले जनाए दिउँसो सवा १ बजेसम्ममा ५१ प्रतिशत मतदान भएको हो । यहाँ वडा नम्बर १ को वडा अध्यक्ष रिक्त पदका लागि निर्वाचन भएको हो।
बिहान सवा सात बजेदेखि सुरु भएको मतदानको क्रममा १ हजार ७०० जनाले मतदान गरेको मुख्यनिर्वाचन अधिकृत खड्काले बताए । आज अपरान्ह ५ बजेसम्म मतदान प्रक्रिया चल्नेछ भने आजै राति नै मतगणना थालिने छ ।
धनुषाधाम नगरपालिका - १ मा कुल ३ हजार २ सय २६ मतदाता छ । मतदानको लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । धनुषाधाम १ को गोविन्दपुरको वडा कार्यालय र मुंग्राहास्थित मतदान निमाविमा मतदान केन्द्र रहेको छ ।
मतदानस्थलमा निकै चहलपहल बढेको छ भने शान्तिपूर्ण रुपमै मतदाताहरू मतदान गरिरहेका छन् । उपनिर्वाचनमा धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुँदैछ।