प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बेलुका ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डाबारे छलफल हुने बताइएको छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली भोलि चीन जाँदैछन्। उनी  २० गते स्वदेश फर्किने कार्यक्रम  छ। भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, उनका मुख्य सल्लाहकार विष्णु रिमाल,आर्थिक सल्लाहकार युवराज खतिवडालगायत ८७ जना रहनेछन्। 

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूसँग भेटघाट गर्नेछन्। प्रधानमन्त्री ओलीले पेकिङ विश्विविद्यालयमा सम्बोधन गर्नेछन्। यसैगरी उनी अन्य विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो। भ्रमण टोलीमा सहभागी ८७ जनामध्ये सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन जानेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.