टिआई स्कुल सार्वजनिक, दुई हप्ता निःशुल्क परीक्षण गर्न सकिने
काठमाडौं : नेपालका विद्यालयहरूको शैक्षिक र प्रशासनिक प्रणालीलाई सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउन आईटी कम्पनी टेक इन्ट्रिगेटर्सले टिआई स्कुल सार्वजनिक गरेको छ।
यो स्कूल व्यवस्थापन प्रणालीले विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकलाई एकीकृत गर्दै शैक्षिक क्षेत्रमा डिजिटल क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।
विद्यालयहरूले टिआई स्कुललाई www.ti-school.com मार्फत आफ्नो आवश्यकता अनुसार प्याकेज सेलेक्ट गरी दुई हप्ता निःशुल्क परीक्षण गर्न सक्नेछन्।
टिआई स्कुलले विद्यार्थीहरूको भर्ना प्रक्रिया, क्युआर कोडमा आधारित हाजिरी, शुल्क संकलन, पाठ्यक्रम योजना र परीक्षाको नतिजा व्यवस्थापन, सर्टिफिकेट प्रकाशन र भेरिफिकेसन, लगायतका विभिन्न २५+ मोड्युलमा सबै गतिविधिलाई डिजिटल माध्यममा लैजान सहयोग गर्नेछ ।
यस सफ्टवेयरले शिक्षक र अभिभावकलाई एक आपसमा जोडेर विद्यार्थीहरूको प्रगति विवरण पनि सहजै निगरानी गर्न सहयोग पुर्याउँछ। टिआई स्कुल क्लाउडमा आधारित सफ्टवेयर प्रणाली भएकाले कुनै पनि ठाउँ र समयमा यसलाई प्रयोग गर्न सकिन्छ।
टिआई स्कुलले विद्यालय प्रशासनलाई केवल कागजविहीन बनाउनुका साथै शैक्षिक व्यवस्थापनमा पारदर्शिता र दक्षता पनि थप्नेछ।