स्थानीय तह उपनिर्वाचन : डोल्पाको ल्हाँमा २ सय ५३ मत खस्यो

स्थानीय तह उपनिर्वाचन : डोल्पाको ल्हाँमा २ सय ५३ मत खस्यो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५  मा पर्ने ल्हाँ मतदान केन्द्रमा २ सय ९३ मत खसेको छ । वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा अहिलेसम्म २ सय ९३ मत खसेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । जसमा पुरुषतर्फ १ सय ४२ र महिलातर्फ १ सय ५१ मत खसेको हो।

मतदाता नआएपछि केहीबेरका लागि मतदान प्रक्रिया रोकिएको छ । यहाँ कूल मतदाता ३ सय ५३ रहेका छन् । आज बिहान ८ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो ।

वडा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री,नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेदबार रहेका छन्। यस पटकको उप निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिष्प्रर्धा हुने देखिएको छ ।

अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको मृत्यु भएपछि रिक्त सोही पदका लागि उपनिर्वाचन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.