दोस्रो दिनको बयानका लागि रवि लामिछाने सरकारी वकिलको कार्यालयमा

दोस्रो दिनको बयानका लागि रवि लामिछाने सरकारी वकिलको कार्यालयमा
सुन्नुहोस्

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान आज पनि लिइएको छ।  जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिएको हो। बयानका लागि उनलाई सरकारी वकिलको कार्यालयमा बिहान उपस्थित गराइएको  थियो।

शुक्रबारदेखि लामिछानेको बयान सुरू गरिएको हो। उनको बयान केही दिन लम्बिने प्रहरीले  जनाएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौं ल्याएको थियो। लामिछानेविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ  पुर्जी जारी भएको थियो। 

स्वर्णलक्ष्मीकै बचत हिनामिना गरेको आरोपमा छविलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की पठाइसकेको छ। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो।

जिल्ला अदालत कास्कीको आदेशबाट पटक-पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ।

लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान लिएको थियो। यता साहारा चितवन सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा उनीविरुद्ध अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। काठमाडौंमा बयान सकिएपछि उनलाई चितवन लैजाने प्रहरीको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.