टुपीएम स्न्याक्स् एण्ड नुडल्सले पायो भारतको रिलायन्स रिटेलद्वारा पायो ‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ पुरस्कार

टुपीएम स्न्याक्स् एण्ड नुडल्सले पायो भारतको रिलायन्स रिटेलद्वारा पायो ‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ पुरस्कार
सुन्नुहोस्

काठमाडौं : नेपालको प्रिमियम तथा सबैभन्दा लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित भव्य समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित ‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ पुरस्कार प्राप्त गरेको छ। 

यो पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डहरूको सम्मानमा प्रदान गरिएको र यसले प्रतिस्पर्धी बजारमा टुपीएमको उल्लेखनीय सफलतालाई देखाउँछ। टुपीएम ब्रान्डको प्रतिनिधित्व गर्दै श्री वेदान्त जाजुले यो पुरस्कार ग्रहण गरेका हुन्। टुपीएमले आफ्नो नवीनतम दृष्टिकोण, उपभोक्ताहरूसँगको बलियो सम्बन्ध र लन्च भएदेखि नै देखाएको तीव्र वृद्धिको लागि यो सम्मान पाएको हो। 

आफ्ना विभिन्न स्वादिष्ट नुडल्स् तथा स्न्याक्स्का उत्पादनहरूको कारण टुपीएम चाँडै नै भारतीय उपभोक्ताहरूको मनपर्ने ब्रान्ड बन्न सफल भएको छ। यो सम्मानसँगै, टुपीएम स्न्याक्स् एण्ड नुडल्स्ले गुणस्तर, स्वाद र नवीनतालाई प्राथमिकता दिँदै भारतीय उपभोक्ताहरूलाई सन्तुष्ट पार्दै आफ्नो यात्रा जारी राख्ने छ। 

‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ पुरस्कारले भारतीय खुद्रा बजारमा भविष्य निर्माण गर्ने सोच र सम्भावना बोकेका उदयमान ब्रान्डहरूलाई प्रोत्साहन गर्ने रिलायन्स रिटेलको प्रतिबद्धतालाई प्रस्तुत गर्दछ। अब टुपीएम स्न्याक्स् एण्ड नुडल्स् भारतभरका सबै आधुनिक व्यापार, ई–कमर्स र छिटो बिक्री वितरण हुने प्लेटफर्महरूमा उपलब्ध छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.