टस जितेर चितवनले बलिङ गर्दै, दोस्रो ओभरमै काठमाडौंको विकेट पतन

टस जितेर चितवनले बलिङ गर्दै, दोस्रो ओभरमै काठमाडौंको विकेट पतन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवनले टस जितेर काठमाडौं गुर्खाजविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ। टियु क्रिकेट मैदानमा सोमबार विहान ९ बजे सुरु भएको खेलको दोस्रो ओभरमै चितवनले सफलता पनि हात पारेको छ। 

पाकिस्तानी बलर सोहिल तनविरले काठमाडौंका स्टेफेन इस्कीनाजीको विकेट लिएका हुन्।

यस्तो छ टिम काठमाडौं

काठमाडौं टिमको कुरा गर्ने हो कप्तान करण केसी राष्ट्रिय टिमको लामो अनुभव बोकेका खेलाडी हुन्। उनीसँग साहब आलमको स्पिनले टियु मैदानमा धेरै राम्रो नतिजा दिन सक्छ। साहब नेपाली घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको पनि अनुभव लिएका उत्कृष्ट स्पिनरमध्ये एक हुन्। स्पिनकै कुरा गर्दा दिपेश कँडेल अर्का स्टार खेलाडी हुन्। उनी स्पिनमा मात्रै होइन, टिमलाई चाहिएको खण्डमा ब्याटिङमा पनि महत्त्वपूर्ण भूमिका निभाउन सक्छन्। 

काठमाडौंमा नेपाल ए टिम खेलिसकेका घरेलु स्टार राशिद खान पनि छन्। उनी पनि घरेलु मैदानमा राम्रो कौशल देखाउनसक्ने खेलाडी हुन्। विवेक केसी पनि काठमाडौं गुर्खाजको टिममा छन्। उनी दायाँ हाते बलिङ अलराउन्डर हुन्। उनी अष्ट्रेलिया बसेर क्रिकेट खेलिरहेका हुन्छन्। उनलाई पहिलो खेलमा काठमाडौंले सेटमा राख्ने सम्भावना कम छ। यसै पनि बलियो बलिङ युनिट भएको काठमाडौंमा विवेकले अन्य खेलहरूमा भने स्थान बनाउन सक्छन्।

ब्याटिङको कुरा गर्ने हो भीम सार्की नेपाली राष्ट्रिय टिममा फिल्डिङका कारण ‘जोन्टी ’ उपनाम पाएका खेलाडी हुन्। उनी मिडल अर्डरमा भरपर्दा ब्याटर हुन्। हुन त भीम एक दिवसीय खेलमा निकै रुचाइने खेलाडी हुन्, उनका ग्राउन्ड सटहरू निकै प्रशंसनीय हुन्छन्। अर्का ब्याटर हुन्, राजु रिजाल। उनी नेपालको अनुभवी खेलाडी हुन्। घरेलु मैदानको फाइदा लिन सकेको खण्डमा काठमाडौंलाई पक्कै सहज हुनेछ। कृष्ण कार्की एक समय यु-१९ मा धमाका मच्चाएका खेलाडी हुन्। उनी अहिले पनि लुम्बिनी प्रदेशका एक मुख्य खेलाडी हुन्। घरेलु खेलमा उनले कप्तानको भूमिकामा पनि देखिने गर्छन्। सुमित महर्जन पनि ब्याटिङमा टियु मैदानको सदुपयोग गर्नसक्ने खेलाडी हुन्। उनी विभागीय क्लब एपीएफबाट निरन्तर खेल्दै आएका छन्। 

त्यस्तै कृष कार्की काठमाडौंका युवा खेलाडी हुन्। उनको लागि यो एनपीएल हाइपमा आउने वातावरण बन्न सक्छ।

यस्तो छ टिम चितवन
नेपालका आक्रामक युवा ब्याटर कुशल मल्लको कप्तानीमा रहने टिम हो, चितवन राइनोज। यस टिममा कुशलले नेतृत्व गरिरहँदा नेपालका अनुभवी खेलाडी शरद भेषवाकर पनि चितवनमा छन्।

ब्याटिङ युनिटको कुरा गर्ने हो भने शरद र कुशलसँगै दिपक बोहोरा, रञ्जित कुमार र विपिन रावल पनि चितवनसँग रहेका छन्। त्यसबाहेक विदेशी खेलाडीमा रवि बोपारा, जान निकोल लोफ्टी इटोनले चितवनको ब्याटिङ युनिट पूरा हुनेछ।

बलिङ युनिटमा गौतम केसी, अमर रौतेला, सन्तोष कार्कीको साथमा पाकिस्तानी बलर शाहिल तानविरको मुख्य भूमिका हुनेछ। जसमा पार्ट टाइम बलर खोज्ने हो भने स्पिनमा कप्तान कुशल आफैं पनि आउन सक्छन्। जसमा इटोन लोफ्टी अर्का पार्ट टाइम बलर हुन सक्छन्।

चितवनका लागि सलाउद्दिन खान आइकोनिक खेलाडीको रूपमा चितवनमा जोडिएका छन्। उनी पहिलो खेलमा भने सायद प्लेइङ सेटमा मौका नपाउलान्। नयाँ खेलाडीलाई चितवनले केहीपछि मात्रै मौका दिन सक्छ। अर्का खेलाडी नरबहादुर सार्की पनि चितवनको टिममा छन्। उनी दायाँ हाते अलराउन्डरको रूपमा चितवनमा जोडिएका हुन्। सलाउद्दिन र नरले भने चितवनको प्लेइङ सेटमा खेल्न केही खेल कुर्नुपर्ने हुन सक्छ। 

यो पनि पढ्नुस्:

एनपीएलमा काठमाडौं भर्सेस चितवन : अनुभवी करण र युवा ब्याटर कुशलबीच भीडन्त
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.