तनवीरले लिए तेस्रो विकेट, काठमाडौंको चौथो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी दोस्रो खेलमा काठमाडौंको चौथो विकेट पतन भएको छ। चितवनका लागि पाकिस्तान बलर सोहिल तनवीरले तीन विकेट लिएका छन्। उनले भीम सार्कीलाई १ रनमै आउट गरेका हुन्।
यसअघि उनले काठमाडौंका माइकल लेभिट र स्टेफेन इस्किनाजीको विकेट लिए। लेभिटले १६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए भने इस्किनाजीको २ रनमै पेभेलियन फर्किएका थिए।
त्यस्तै कप्तान मल्लले एक विकेट लिए। उनले गर्हाड इरासमलाई ४ रन आउट गरका हुन्।