सप्तरीमा कांग्रेसले जितेका दुबै वडा खोस्यो जसपा नेपालले

सप्तरीमा कांग्रेसले जितेका दुबै वडा खोस्यो जसपा नेपालले
सुन्नुहोस्

राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा, नेपालका ३८ वर्षीय धिरेन्द्रकुमार साह र वडा नम्बर ४ को वडाध्यक्षमा ४७ वर्षीय देवेन्द्रप्रसाद यादव निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

साह ६ सय ५२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार भूलिया देवी थरुनीले पाँच सय ८७ मत ल्याइन् । यसअघि ०७९ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसका प्रितमलाल चौधरी पाँच सय ३५ मत ल्याएर निर्वाचित भएका थिए । उनको मृत्युपछि कांग्रेसले प्रितमलालकी श्रीमती भुलियादेबीलाई उम्मेदवार बनाएको थियो ।

नेकपा (एमाले)का भगवानी साहले दुई सय ६५ मत पाइन् । ०७९ को निर्वाचनमा यस वडामा पाँच सय ३५ मत ल्याएर प्रितमलाल चौधरी निर्वाचित भएका थिए ।

यसैगरी, वडा नम्बर ४ को वडाध्यक्षमा पनि जसपा नेपालकै देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् । उनले ३७२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले २७७ र जनमत पार्टीका उदयनारायण पण्डितले २३१ मत पाए ।

यो वडामा पनि ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हरिप्रसाद राय तीन सय ३३ मत ल्याएर विजयी भएका थिए ।

 निर्वाचित वडा अध्यक्षहरू।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.