डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादीका झाँक्री विजयी
डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका- ५ ल्हाँको वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री १६१ मत ल्याएर विजयी भएका छन्।
उनका मुख्य प्रतिष्प्रधी नेकपा एमालेका नरबहादुर रोकायले ११६ मत प्राप्त गरे। कांग्रेस उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत ल्याएर तेस्रो स्थानमा रहे।
अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको मृत्यु भएपछि रिक्त सोही पदका लागि आइतबार उपनिर्वाचन भएको हो ।