सोहिलको उत्कृष्ट स्पेलमा काठमाडौं १११ रनमै समेटियो

सोहिलको उत्कृष्ट स्पेलमा काठमाडौं १११ रनमै समेटियो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवनका पाकिस्तानी बलर सोहिल तनवीरको उत्कृष्ट स्पेलमा काठमाडौंले चितवनलाई ११२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा १११ रन बनायो।
 
सोहिलले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ५ विकेट लिए। काठमाडौंका लागि तेस्रो क्रममा आएका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। उनले ४१ बलमा १ चौका प्रहार गरेका हुन्। काठमाडौंले पावरप्लेमा भने दोस्रो ओभरमा नै ओपनर ब्याटर स्टेफन स्किनाजीलाई २ रनमा गुमाएको काठमाडौंको ब्याटिङ धरापमा परेको थियो।
 
चौथो ओभरको चौथो बलमा माइकल लेभिटलाई १६ बलमा ४ चौका र १ छक्कासहित २५ रनमा सोहिल तान्भिरलाई दिपक बोहोराको हातबाट क्याच आउट गराए। अर्को ओभरमा चितवनका कप्तान कुशल मल्लले ग्रेहार्ड इरास्मसलार्ए ४ रनमा नै बोल्ड बनाए। काठमाडौंका पाँचौं ब्याटरका रुपमा क्रिजमा आएका भिम सार्की छैटौं ओभरको दोस्रो बलमा नै सोहिलले एलबीडब्ल्यु आउट गरे। 
चितवनका लागि पाकिस्तानी बलर सोहिल पावरप्लेमा काठमाडौंका लागि घातक बने।

पावरप्लेमा ४ विकेट गुमाएको काठमाडौंले जम्मा ३९ रन बनाएको थियो। काठमाडौंले १० ओभरमा ४ विकेट गुमाउँदै ६३ रन बनाएको थियो। ११ औं ओभरको तेस्रो बलमा शंकर राना १७ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाएर अमरसिंह रौतेलाको बलमा विकेटकिपर विपिन रावलको हातबाट क्याच आउट भए।  

लुक बेन्केन्स्टाइनले चौधौं ओभरको पहिलो बलमा रासिद खानलाई लङअनमा शरद भेषवाकरको हातबाट क्याच आउट गराए। १८ औं ओभरको पाँचौं बलमा सुमित महर्जनलाई रिजन ढकालले हसनको हातबाट क्याच आउट गराए। १९ औं ओभरको पहिलो बलमा करण केसी १ रनमै सोहिलको बलमा सन्तोष कार्कीले क्याच आउट गरे।

१९ औं ओभरको पाँचौं बलमा साहब आलम पनि दोस्रो रन नबनाई कुशल मल्लको हातमा क्याच भए। अन्तिम विकेटका लागि दिपेश कँडेलले डान डाउथवेटसँग ५ रनको सानो साझेदारी गर्दै टिमलाई अलआउट हुनबाट जोगाए। दिपेशले १ रन र डानले १९ रनमा अविजित रहे। चितवनका लागि अमर रौतेला, रिजन ढकाल, कुशल मल्ल र लुकले १/१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.