प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा को को छन् ?

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा को को छन् ?
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी हिमालयन एयरलाइन्सको चार्टर विमानबाट सोमबार बिहान चीन उडेका हुन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, गृहमन्त्री रमेश लेखक, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन,सुरक्षा निकायका प्रमुखलगायतले  विदाइ गरेका थिए।

प्रधामन्त्रीको भ्रमण टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना गरी ८७ जना रहेका छन्। सरकारी खर्चमा चीन भ्रमणमा जानेहरूमा प्रधानमन्त्री,सांसद, सरकारी अधिकारीहरू रहेका छन्। भ्रमण टोलीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल,प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा रहेका छन्।

त्यस्तै सांसदहरू श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ,अर्जुननरसिंह केसी, बिजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ रहेका छन्।

त्यस्तै मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील ज्ञवाली, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशी छन्।

त्यस्तै परराष्ट्र मन्त्रालयका सिस्टाचार महापाल विष्णुप्रसाद गौतम, उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, उत्तर पूर्वी एसिया महाशाखाका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, उपराष्ट्रमन्त्रीका स्वकीय उपसचिव कमल रावल, परराष्ट्रका अधिकृतहरू ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने र विनोद खनाल रहेका छन्।

त्यस्तै प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य,परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंह पनि भ्रमण टोलीमा सहभागी हुनेछन्। बिहीबार बसेको मन्त्रिषरिद बैठकले  प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो। प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमण सकेर मंसिर २० गते स्वदेश फर्किनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.