पावरप्लेमा चितवन अगाडि, काठमाडौंलाई चौथो सफलता
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोनले पावरप्लेमा २ विकेट गुमाउँदै ४६ रन बनाएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनका लागि दोस्रो ओभरको अन्तिम बलमा साहब आलमले दीपक बोहोरालाई एलबीडब्ल्यु आउट गराए। उनले ७ रन बनाएर आउट भए।
दोस्रो विकेट पनि साहब आलमकै नाममा रह्यो। उनले हसन इसाखिललाई विकेटकिपर स्टेफन स्किनाजीबाट स्टम्पिङ आउट गराए । इसाखिल १२ रन बनाइ पेभेलियन फर्किए।
पाँचौं ओभरको तेस्रो बलमा लुक बेन्केन्स्टाइनको क्याच कभरमा शंकर रानाले क्याच छोडे। यो क्याच मिस काठमाडौंको लागि निकै महँगो सावित हुन सक्छ।
यसैबीच काठमाडौंलाई चौथो सफलता मिलेको छ। कुशल मल्ल र लक बेनकेन्स्टीन आउट भएका हुन्। कुशल ११ रन रबेनकेनस्टीन १७ बलमा २२ रन बनाएर पेभेलियन फर्किएका हुन्