१० ओभरमा चितवनको ७२ रन

१० ओभरमा चितवनको ७२ रन
सुन्नुहोस्

काठमाडौं : कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोनले १० ओभरमा ५ विकेट गुमाउँदै ७२ रन बनाएको छ। पावरप्लेमा २ विकेट गुमाउँदै ४६ रन बनाएको चितवनले थप ४ ओभरमा ३ विकेट गुमायो।

चितवनका लागि दोस्रो ओभरको अन्तिम बलमा साहब आलमले दीपक बोहोरालाई एलबीडब्ल्यु आउट गराए । उनले ७ रन बनाएर आउट भए। दोस्रो विकेट पनि साहब आलमकै नाममा रह्यो। उनले हसन इसाखिललाई विकेटकिपर स्टेफन स्किनाजीबाट स्टम्पिङ आउट गराए। इसाखिल १२ रन बनाइ पेभेलियन फर्किए। 

तेस्रो विकेट लुक बेन्केन्स्टाइनको भयो । उनले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे। पाँचौं विकेट कप्तान कुशल मल्लको भयो । उनी ११ बलमा ११ रन बनाउँदै शंकर रानाको हातबाट क्याच आउट भए। 

छैटौं विकेट रवि बोपाराको गयो। नवौं ओभरको पाँचौं बलमा साहब आलमको बलमा विकेटकिपर इस्किनाजीको हातबाट पिचमा नै क्याच भए। गलत सटका कारण उनी आउट भए। सातौं ब्याटरका रुपमा शरद भेषवाकर २ र सन्तोष कार्की ४ रनमा खेलिरहेका छन्। १० ओभरमा ५ विकेट गुमाउँदै चितवनले ७२ रन बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.