कीर्तिपुर- ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी

कीर्तिपुर- ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी

काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । उनले ११५५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत ल्याएकी थिइन् । बानियाँले ३४९ मतले विजयी भएका हुन् । 

अघिल्लो निर्वाचनमा बानियाँ पविताका श्रीमान् श्याम अधिकारीसँग पराजित भएका थिए । उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार बद्री बुढाथोकीले ४६०,माओवादीका नारायण विष्टले ३८१ मत ल्याएका थिए । यसअघि वडा नम्बर १ मा पनि नेपाली कांग्रेसका इच्छा महर्जन विजयी भइसकेका छन् । 

निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेस उम्मेदवार इच्छा महर्जन ५६२ मतसहित विजयी भएका हुन् । नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १७३ मत प्राप्त गरेका थिए । 

०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हिरालाल महर्जन ७ सय ७८ मतसहित विजयी भएका थिए । नगर प्रमुखमा पनि कांग्रेसकै कृष्णमान डंगोलले अग्रता बनाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.