कर्णाली पहिलो जितको खोजीमा, शिखर धवन मुख्य आकर्षण

कर्णाली पहिलो जितको खोजीमा, शिखर धवन मुख्य आकर्षण
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ। टियु क्रिकेट मैदानमा सोमबार दिउँसो १:१५ मा हुने यस खेलमा पहिलो पटक शिखर धवन नेपाली मैदानमा उत्रिँदैछन्। नेपाली क्रिकेट समर्थकले प्रत्यक्षरूपमा हेर्न पाउने यो खेललाई निकै चासोको रूपमा हेरिएको छ। त्यसलगायत पहिलो खेलमा जित दर्ता गरेको जनकपुर बोल्ट्स भने जितलाई निरन्तरता दिन चाहन्छ।

पहिलो खेलमा ८ विकेटको जित हात पारेको जनकपुरको आत्मविश्वास निकै उच्च छ। उच्च लयमा रहेको जनकपुरलाई कर्णालीको अनुभवी र युवाको मिश्रीत टिमले कडा टक्कर दिने आकलन गरिएको छ। यो काठमाडौं र चितवनको भन्दा बढी समर्थकको चासो जोडिएको खेल हुनेछ। जसमा शिखर धवन मुख्य आकर्षक रहनेछन्।

यस्तो छ कर्णाली टिम

सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्स एनपीएलमा पहिलो जितको खोजीमा हुनेछ। कर्णालीका लागि बलिङमा कप्तान सोमपालको नेतृत्व हुनेछ भने गुल्सन झा अर्का नेपाली स्टारको साथ उनले पाउनेछन्। यो टिमलाई निकै आकर्षक मान्न सकिन्छ। यसका कारण हुन् नेपाली स्टार खेलाडी र नेपाली समर्थकको जनबोलीमा झुन्डिएका विदेशी खेलाडीहरू। जसमा बाबर हायात, जिसन मक्सुदजस्ता विदेशी खेलाडीको नाम रहेको छ। 

यस टिमको प्रमुख प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन्। नेपाली टिमका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र टिम निर्देशकको रूपमा रहेका छन्। ब्याटिङ अर्डर हेर्ने हो भने चाड्विक वाल्टन, बाबर हायात, शिखर धवन, जिसन मक्सुद, देव खनाल, दीपक प्रसाद डुम्रे, रित गौतम र अर्जुन घर्ती  मुख्य खेलाडी हुनेछन्।

यस टिमले ओपनरको रूपमा वाल्टन र धवनको जोडीलाई मैदानमा उतार्न सक्छ। देव खनाल, जिसन मक्सुद र बाबर यी मुख्य ब्याटर रहलान्। यसो त देव एकदिवसीय फर्म्याटका लागि निकै चर्चित छन्। जसमा रित गौतम पनि घरेलु क्रिकेटमा निकै राम्रो खेल्नसक्ने ब्याटर हुन्।

बलिङ युनिटमा सोमपाल कामी आफैंले यसलाई लिड गर्नेछन्। ब्याटिङ लाइनअप निकै बलियो भएका कारण गुल्सन झालाई यो टिमले बलिङ अलराउन्डरको रूपमा प्रयोग गर्न सक्छ। जसमा अनुभवी बलर भुवन कार्की, यसवा स्पिनर श्याम(मौसम) ढकाल, तीव्र गतिका बलर नन्दन यादवले टिम पूरा गर्लान्। यसमा दिपेन्द्र रावत, युनिस विक्रम सिंह ठकुरी र विपिन प्रसाद शर्मा पनि बलरकै भूमिकामा केही पछि टिमको रोजाइमा पर्लान्। विशेषतः पहिलो खेलमा यी खेलाडी प्लेइङ सेटमा नपर्न सक्छन्।

सोमपाल कामी र गुल्सन झा दुवै रोलमा फिट आउँछन्। विशेषतः नेपाली युवा स्टार गुल्सन झा, अक्सनकै बेलामा सबैको इच्छालाई गोला प्रथाबाट पछि पारेर कर्णालीमा परेका हुन्। यो टिम जनकपुरका लागि निकै बलियो दाबेदारी प्रस्तुत गर्ने टिम हो।

दोस्रो जितको खोजीमा हुनेछ जनकपुर
पहिलो खेलमा विराटनगर किङ्गसमाथि ८ विकेटको फराकिलो जित दर्ता गरेको जनकपुरको आत्मविश्वास निकै बलियो छ। पहिलो खेलमा दुवै नेपाली ओपनर चलेनन् तर तेस्रो क्रममा आएका लाहिरु मिलान्था र हर्ष थाकरले शतकीय साझेदारी गर्दै खेल जिताए।

पहिलो खेलमा खेलाएका १/२ खेलाडी सायद जनकपुरले परिवर्तन गर्न चाहनेछ। जसमा तुल बहादुरको ठाउँमा शेर मल्ललाई टिमले मौका दिन सक्छ। टिममा ब्याटिङमा आसिफ शेख, कप्तान अनिल कुमार शाह, लाहिरु मिलान्था र हर्ष थाकरले पहिलो खेलजस्तै टप अर्ड सम्हाल्लान्। यो चारको ब्याटिङमा जनकपुरको रन निर्धारण होला।

अन्य खेलाडीको भने ब्याटिङ पहिलो खेलमा परीक्षण नै भएन। १२८ को लक्ष्य पाएको जनकपुरले २ वटा ओपनर गुमाउँदा नै लक्ष्य पूरा गर्‍यो। अब जनकपुरको बलिङ लाइनअपमा स्पिनमा पहिलो खेलजस्तै ललितको जादु जनकपुरले आश गर्ला, किशोर महतोको घातक बलिङ र बेन माइक त्यसमा शेर मल्ल वा तुलबहादुर एक जनाको साथ हुनेछ।

पहिलो खेल हेर्दा निकै राम्रो बलिङ अट्याक देखिएको यस टिमको ब्याटिङ लाइन अप दोस्रो खेलमा परीक्षण हुनेछ। कर्णालीको बलियो बलिङ अट्याकले जनकपुरलाई ब्याटिङमा सहज भने हुने छैन।

टयु मैदानको पिच
यो खेल दिउँसो १:१५ मा सुरु हुनेछ। जसका कारण पिचको मोइस्चर भन्ने नहोला। तर पहिलो खेल खेलाएको पिचभन्दा फरक पिचमा पनि खेल हुन सक्छ। जसका कारण खेलमा पिचले फरक भूमिका खेल्न पनि सक्छ। तर, टियु मैदानमा टस जित्ने टिमले प्रायः बलिङ नै रोज्ने गर्छ। कर्णालीले टस जितेको खण्डमा बलियो ब्याटिङ लाइनअप भएको कर्णालीले आफ्नो ब्याटिङ लाइनअप परीक्षण गर्ने जोखिम उठाउन पनि सक्छ। तर पहिलो खेल हो, जसमा सोमपाल जितबाट नै सुरु गर्न चाहन्छन्।

जनकपुर भने आफ्नो पहिलो खेलमा भएको गल्ती सुधारेर मैदानमा उत्रनेछ। जसमा ब्याटिङमा ओपनर दुईले अलि टिकेर खेल्ने कोसिस गर्लान्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.