बजेट अभावमा कर्णालीका खानेपानी आयोजना रोकिदैनन् : खानेपानी मन्त्री

बजेट अभावमा कर्णालीका खानेपानी आयोजना रोकिदैनन् : खानेपानी मन्त्री
सुन्नुहोस्

सुर्खेत : खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा खानेपानी आयोजनाअन्तर्गतका योजनामा अब बजेट अभाव नहुने बताएका छन्। सोमबार कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको ग्रामीण खानेपानी सेवा सहायता केन्द्र 'सेवा सहायता केन्द्र' शुभारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री यादवले डिपिआरसहितका अन्य सबै प्रक्रिया पूरा गरेर खानेपानीका योजनाहरू अगाडि बढाइने बताएका हुन्।

'म यहाँका जनप्रतिनिधि, स्थानीयवासीलाई विश्वास दिलाउन चाहन्छु,संघीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका डिपिआर भएका कुनै पनि योजना पैसा अभावमा रोकिने छैन,'उनले भने,'बजेट रकमान्तर गरेर भएपनि म यहाँका योजनाको टेण्डर आह्वान गर्छु,कर्णालीवासीका सुख दु:खमा साथ दिने छु ।'

यसैगरी मन्त्री यादवले कर्णाली प्रदेशसहितका विकट क्षेत्रका आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन आफू लागि परेको बताए। उनले भने, 'कर्णाली प्रदेशका अधिकांश क्षेत्रहरू विकासको नाममा निकै विकट छन्,यहाँ ९६ प्रतिशतले अहिलेसम्म पनि अशुद्ध पानी पिउन बाध्य भएकाले म त्यसको अन्त्य गर्न लागिपरेको छु ।'

 मन्त्री यादवले स्वच्छ खानेपानीसहितको एक घर,एक धाराको अवधारणालाई अघि सारेर काम सञ्चालन गरिरहेको जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.