चलेन कर्णालीको टप अर्डर
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले १० ओभरमा ४ विकेट गुमाउँदै ४५ रन बनाएको छ।
टियु क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरेको कर्णालीले पावरप्ले सकिँदा कर्णालीले २ विकेट गुमाउँदै ३१ रन बनाएको थियो।
कर्णालीले पहिलो विकेटका रुपमा देव खनालको विकेट गुमाएको छ। दोस्रो ओभरको दोस्रो बलमा कर्णालीले आफ्नो पहिलो विकेटको रुपमा देवलाई १ रनमै गुमायो।
दोस्रो विकेटका रूपमा कर्णालीले शिखर धवनको विकेट गुमायो। उनलाई पाँचौं ओभरको दोस्रो बलमा हर्ष थाकरले बोल्ड आउट गरेका हुन्। शिखरले १४ बलमा ३ चौकासहित १४ रन बनाए।
कर्णालीका लागि तेस्रो विकेट चान्डविक वाल्टनको विकेट गयो। उनले १२ बलमा १ चौका सहित ८ रन बनाउँदै जेम्स निसामको बलमा एलबीडब्ल्यु आउट भए।
चौथो विकेटमा जिसन मक्सुद डक आउट हुँदा ८ ओभरसम्ममा कर्णाली ४ विकेटको क्षतिमा ३६ रन बनायो। हाल क्रिजमा गुल्सन झा ९ रनमा र बाबर हायात ८ रनमा खेलिरहेका छन्। आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो।