झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु

झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु

झापा : झापामा छुट्टाछुट्टै दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । साइकलबाट लडेर र मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार मङ्सिर ११ गते हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय नवीन राई आफैले चलाएको साइकलबाट लडेर घाइते भएका थिए । मादक पदार्थ सेवन गरी साइकलबाट लड्दा घाइते भएका उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको सोमबार बिहान पौन ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै मङ्सिर ४ गते पूर्व–पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका– ५ रतुवा पुलमा मे १० प १४४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक कमल– ५ का ३० वर्षीय रुपेश सुनुवार र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय नितेश राई घाइते भएका थिए । 

घाइते दुवैलाई सोही दिन निम्स अस्पताल दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको थियो । अस्पतालबाट मङ्सिर १६ गते दुवैजना डिस्चार्ज भई घर आएकोमा घाइते नितेश भोलिपल्ट पुनः बिरामी परेका थिए । 

उनलाई उपचारका लागि विराटनगर लगिएको र उपचारको क्रममा सोमबार बिहान पौने १० बजे मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.