सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान
काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ।
उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गतेदेखि २८ गतेसम्म लागू हुनेछ। पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। कुनै पनि बिमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले भनेको छ।
हरेक नेपालीलाई बिमाको दायराभित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ।