उपनिर्वाचन

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपूरा बुढा विजयी

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपूरा बुढा विजयी

रुकुम पूर्व : रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपप्रमुखका लागि आइतबार भएको उपनिर्वाचन माओवादीकी नरपूरा बुढा पुनले ३ हजार ६ सय २७ मत ल्याएर विजयी भएकी हुन्।

उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत मात्र प्राप्त गरिन्। माओवादीकी बुढाले १ हजार ४ सय ९९ मतान्तरले विजयी भएकी हुन्।

पुथाउत्तरगंगामा कुल ११ हजार १ सय ८० जना मतदाता रहेकामा ५ हजार ९ सय २१ मत मात्र खसेको थियो । सत्तारुढ काँग्रेस–एमालले गठबन्धन गर्दा माओवादीलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको थियो । यहाँ  २०७९ मा भएको निर्वाचनमा माओवादी नै विजयी भएको थियो ।

उपाध्यक्ष भूपेन्द्रा बुढाको गत भदौ २८ गते बागलुङमा भएको गाडी दुर्घटनामा मृत्यु भएको थियो । उनीसँगै पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको पनि मृत्यु भएको थियो । उक्त वडामा यसअघि नै माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेकी छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.