उदयपुरको बेलका ९ मा अझै मतगणना सुरु भएन

उदयपुरको बेलका ९ मा अझै मतगणना सुरु भएन
सुन्नुहोस्

उदयपुर : बदर मत गणनाका विषयमा विवाद हुँदा स्थगित भएको बेलका नगरपालिका वडा नम्बर ९ को मतगणना १५ घण्टा बित्दासम्म सुचारु हुन सकेको छैन। 

बिहान बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएपछि गणना कार्य अनिश्चित बनेको हो। औपचारिक र अनौपचारिक रूपमा सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि थप निर्णयका लागि निर्वाचन आयोगलाई पत्र पठाइएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिए। उनले भने, ‘गणनाका क्रममा देखिएका विषयवस्तु र दलहरूले उठाएका सवाललाई आयोगमा लेखि पठाएको छु, उताबाट अहिलेसम्म केही निर्णय आएको छैन।’

सर्वदलीय सहमति नभएपछि माथिल्लो निर्णयको प्रतीक्षा गर्नुको विकल्प नभएको उनले बताए। गुप्ताले माथिबाट जे आदेश आउँछ त्यहीँ गर्ने बताए। वडानं ९ को वडाध्यक्ष पदमा आइतबार भएको निर्वाचनको मतगणना गर्दै गर्दा सोमबार राति १ बजेबाट बदर मतका विषयमा दलहरू बीच विवाद हुँदा गणना रोकिएको छ। अत्यधिक मत बदर देखिएपछि दलहरू विवाद हुँदा मतगणना रोकिएको हो। 

गुप्ताका अनुसार ५०० मतगणना सकिएपछि सदर र बदर मतको विषयमा दलहरूले असन्तुष्टि पोखेर रोकेका हुन्। ५०० मत गणना हुँदा २२० मत बदर भएको छ। प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेको ८५, नेकपा माओवादी केन्द्रको ८० र नेपाली कांग्रेसको ६२ मत रहेको छ। 

सर्वदलीय बैठकमा चिन्ह भन्दा अन्य ठाउँमा संकेत देखिए बदर गर्ने सहमति भएको थियो। सोही मुताबिक गणना प्रक्रिया अघि बढेको गुप्ताले बताए। माओवादी केन्द्रले भने पुनः मतगणना गर्नु पर्ने माग राखेको छ। तीन हजार १६७ मतदाता रहेको बेलकामा एक हजार ८८५ मत खसेको थियो। बेलका नगरपालिका वडा नम्बर ९ मा ७ जना प्रतिस्पर्धामा छन्। 

बेलकामा एमालेका मोहन खड्का, कांग्रेसका नवराज बस्नेत, माओवादी केन्द्रका भरत घिमिरेले प्रतिस्पर्धामा छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका सुरे तामाङको उम्मेदवारी रहेको छ। 

गत ०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह निर्वाचनमा यो वडामा कांग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.