बालबालिकाबाहेक ८३१६ जनाले चढे धरहरा

धरहराबाट एक सातामा झण्डै १५ लाख आम्दानी

धरहराबाट एक सातामा झण्डै १५ लाख आम्दानी
सुन्नुहोस्

काठमाडौं : ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आइतबारदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट आजसम्म १४ लाखभन्दा बढी राजस्व संकलन भएको कामु आयोजना निर्देशक प्रकाश अर्यालले जानकारी दिए। 

उनका अनुसार दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए। बुधबार भने बन्द  रहनेछ। बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। ९ गतेदेखि हालसम्म ८ हजार ३१६ जनाले धरहरा चढिसकेका छन्। जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’उनले भने।

धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउनेछन्। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ। धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १०  तोकिएको छ। यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० निर्धारण गरिएको बताइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.