ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख घुससहित पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव निरीक्षकलाई घुससहित नियन्त्रणमा लिएको छ।
२५ हजार घुससहित ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक ललित कुमार बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। बुढाथोकीले सवारी साधनहरूलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वाफत घुस माग गरेको उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अख्तियारको टोलीले २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुढाथोकीलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन्।
उनका अनुसार बुढाथोकीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।