जनकपुरको दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो

जनकपुरको दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्समाथि ८ विकेटको फराकिलो जित हात पारेको छ। कर्णालीले दिएको १४२ को लक्ष्य पछ्याएको जनकपुरले  १५.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। 

जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ६२ रन बनाए। उनले आज टिमको लागि परिपक्व पारी खेले। उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका हुन् । उनीसँगै जेम्स निसमले ८ बलमा २ चौकासहित १६ रनमा अविजित रहे। 

जनकपुरका ओपनरद्वय अनिल शाह र आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाए। यो हालसम्मको एनपीएलमा पहिलो विकेटका लागि गरेको उच्च साझेदारी हो। पहिलो विकेटका रुवमा जनकपुरले आसिफ शेखलाई गुमायो। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए। कर्णालीका लागि मौसम ढकालले आसिफको विकेट लिँदै विकेटको सुरुवात गराएका थिए। 

दोस्रो विकेटको रूपमा जनकपुरले लाहिरु मिलान्थालाई गुमायो। उनले १३ बलमा २ चौका र २ छक्का सहित २४ रन बनाए। जिसन मक्सुदले मिलान्थालाई एलबीडब्ल्यु आउट गराएका हुन्। 

१४.३ ओभरमा डिजिटल स्कोर बोर्ड भएको ठाउँबाट अनिललाई भेट्न उनका फ्यानबीच मैदानमा नै आएका थिए। उनी त्यसबेला ६१ रनमा अविजित खेलिरहेका थिए। कर्णालीका लागि मौसम ढकाल र जिसन मक्सुदले १/१ विकेट लिए। 

त्यसअघि, टस जितेर ब्याटिङ गरेको कर्णालील २० ओभरमा ७ विकेट गुमाउँदै  १४१ रन बनाएको थियो। अन्तिम २ ओभरमा कप्तान सोमपाल कामी र अर्जुन घर्तीको आक्रमक ब्याटिङमा ४१ रन जोड्दै कर्णालीले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो। 

कर्णालीका लागि १९ औं ओभरमा अर्जुन घर्तीको आक्रमक ब्याटिङमा कर्णालीले सम्मान जनक स्कोर बनायो । उनले १९ औं ओभर हर्ष थाकरलाई २४ रन जोड्यो। १८ ओभरसम्म १०० पनि नपूर्याएको कर्णालीका लागि अर्जुनले एक ओभरमा नै २४ रन जोड्दिए। जसमा उनले पहिलो बल डट खेलेर २ चौका र २ छक्का र अन्तिम बलमा २ रन जोडे। 

कर्णालीका लागि अर्जुनले ३३ रन जोड्दै रन आउट भए। पावरप्ले सकिँदा कर्णालीले २ विकेट गुमाउँदै ३१ रन बनाएको थियो। कर्णालीले पहिलो विकेटका रुपमा देव खनालको विकेट गुमाएको छ। दोस्रो ओभरको दोस्रो बलमा कर्णालीले आफ्नो पहिलो विकेटको रुपमा देवलाई १ रनमै गुमायो। 

दोस्रो विकेटका रूपमा कर्णालीले शिखर धवनको विकेट गुमायो। उनलाई पाँचौं ओभरको दोस्रो बलमा हर्ष थाकरले बोल्ड आउट गरेका हुन्। शिखरले १४ बलमा ३ चौकासहित १४ रन बनाए। 
कर्णालीका लागि तेस्रो विकेट चान्डविक वाल्टनको विकेट गयो। उनले १२ बलमा १ चौकासहित ८ रन बनाउँदै जेम्स निसामको बलमा एलबीडब्ल्यु आउट भए। चौथो विकेटमा जिसन मक्सुद डक आउट हुँदला ८ ओभरसम्ममा कर्णाली ४ विकेटको क्षतिमा ३६ रन बनायो। 

पाँचौं विकेट १३.२ ओभरमा मोहम्मद मोसिनले बाबर हायातलाई १२ रन जोड्दा जेम्स निसमको हातबाट क्याच आउट गराए। १६ औं ओभरको दोस्रो बलमा किशोर महतोले गुल्सन झालाई ३६ रनमा बोल्ड आउट गरे। उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरी पेभेलियन फर्किए। किशोर महतोले गरेको १८औं ओभरको चौथो बलमा सोमपाल कामीको क्याच कप्तान अनिलले बाउन्ड्री लाइनमा फुत्काए। 

कर्णालीका लागि कप्तान सोमपाल कामी २९ र नन्दन यादव शुन्यमा अविजित रहे। जनकपुरका मोहम्मद मोसिनले २ विकेट लिए। ललित राजवंशी, किशोर महतो, हर्ष थाकर र जेम्स निसमले समान १-१ विकेट लिए। पहिलो खेलमा पनि जनकपुरले विराटनगरमाथि ८ विकेटको जित हात पारेको थियो। सोमबारको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो। 

मंगलबार पहिलो खेल सुदुरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सको खेल ९:१५ मा सुरु हुनेछ भने दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.