मूल्यवृद्धि खारेज गर्न निर्माण व्यवसायी महासंघको माग

मूल्यवृद्धि खारेज गर्न निर्माण व्यवसायी महासंघको माग
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेका छ। महासंघका प्रदेश महासचिव मानव बमले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्माण सामग्रीमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्। 

विज्ञप्तिमा भनिएको छ, ‘निर्माण कार्य गर्नुपर्ने सिजनमा सीमित सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेको भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको ठहर छ। खुला अर्थतन्त्रको नीति विपरीत सिमेन्टमा गरिएको यस किसिमको अस्वाभाविक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघको ठम्याई छ। विगतमा पनि पटक पटक भएको मूल्यवृद्धिका कारण पूर्वाधार खर्च बढ्न गई सरकारका सार्वजनिक निकायहरूलाई आर्थिक बोझ थपिएको छ। 

निर्माण व्यवसायीहरूको अर्बौं रकम भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन सरकारका सम्बन्धित निकायसँग माग गर्दछौँ, विज्ञप्तिमा भनिएको छ। अन्यथा मूल्यवृद्धि खारेज नभएसम्म सम्पूर्ण निर्माण व्यवसायीको निर्माण कार्यलाई रोक्न बाध्य हुने भन्दै महासंघले चेतावनी पनि दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.