काठमाडौं : कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन्। सोमबार जारी मतगणनामा हालसम्म डंगोलले २९३० मत पाएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २३५८ मत पाएका छन्। त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले २१०१ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन निरन्तर चौथो स्थानमा छन्।
कीर्तिपुरमा वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना भएको छ। बाँकी स्थानमा मतगणना जारी रहेको छ।