राष्ट्रवादी शक्ति एकतावद्ध हुन कमल थापाको आह्वान

राष्ट्रवादी शक्ति एकतावद्ध हुन कमल थापाको आह्वान
सुन्नुहोस्

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी दल र शक्तिलाई एकतावद्ध हुन आह्वान गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जनताले अहिले विकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्ति एकतावद्ध हुनुपर्ने भन्दै एकताका लागि आह्वान गरेका हुन्। उनले विगतका त्रुटि कमजोरीबाट पाठ सिकेर नयाँ ढंगले बलियो वैचारिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने धारणा राखे।

राष्ट्रवादी भन्ने दलहरूले आत्मसमिक्षा गर्नुपर्ने उनले बताए । उनले कांग्रेस–एमालेविरुद्धमा जनता उत्रिएको देखिए पनि उनीहरूकै पक्षमा मत दिन जनता बाध्य भएकाले नयाँ शक्ति आवश्यक रहेको उल्लेख गरे। एकताको पूर्वसर्त आत्मियता भएकाले विगतमा भएका कमजोरीलाई दोहर्‍याउर एकता हुन नसक्ने उनको भनाइ छ ।

उनले विभिन्न प्रकरणमा भइरहेको अनुसन्धान लम्बाउने काम भएको र प्रहरीले पक्राउ गरेर मानसिक तनाव दिने काम भएको आरोप समेत लगाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.