अधिवेशन हुन बाँकी सात जिल्लामा मंसिरभित्रै अधिवेशन सक्न एमालेको निर्देशन
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) सात जिल्ला अधिवेशन तयारीमा जुटेको छ। एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी रहेको जानकारी दिए।
उनका अनुसार बाँकी रहेका जिल्लाको अधिवेशन मङ्सिर महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइएको छ। डा. सुब्बाले गत जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भए पनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको अध्यक्ष बताए ।
उनले बझाङ जिल्लाको अधिवेशनको समय यही महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै तोकिने बताए ।
एमालेको अहिलेसम्म ७० जिल्लाका जिल्ला अधिवेशन भएर नयाँ नेतृत्व चयन भएको छ।