उदयपुरको नगरपालिका -९ मा मतगणना सुरु

उदयपुरको नगरपालिका -९ मा मतगणना सुरु
सुन्नुहोस्

उदयपुर : उदयपुरको बेलका नगरपालिका वडा नं. ९ मा रोकिएको मतगणना पुनः सुरु भएको छ । बदर मतको विषयलाई लिएर रोकिएको मतगणना निर्वाचन आयोगको आदेशपछि सुरु गरिएको हो । 

निर्वाचन अधिकृत मनोज प्रसाद गुप्ताका अनुसार बदर मतलाई पुनः गणना गर्ने गरी आदेश आएपछि साँझदेखि मतगणना सुरु भएको हो । ५ सय मतगणना गर्दा २२० मत बदर भएपछि दलहरुबीटच विवाद उत्पन्न हुँदा मत गणना रोकिएको थियो ।

निर्वाचन आयोगले कानुन अनुसार अगाडि बढ्न निर्देशन दिएपछि पुनः गणना शुरु गरिएको छ । स्थानीय तह निर्वाचन नियमावली २०७३ र स्थानीय तह उपनिर्वाचन निर्देशिका २०८१ समेतमा भएको मतगणना सम्बन्धी कानुनी व्यवस्था अनुसार त्यस्तो मतपत्रलाई दोहोर्‍याई मतगणना गर्न सक्ने अधिकार निर्वाचन अधिकृतलाई तोकिएको हुन्छ । निर्वाचन आयोग सोही आधारमा मतगणना गर्न निर्देशन दिइएको आयोगकी प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।

‘आयोगको निर्देशन अनुसार हामी पुनः मतगणना गर्ने निष्कर्षमा पुग्यौं । त्यसैले पुनः बदर मतलाई मतगणना गरी मतगणना गर्न बाँकी रहेको मतपत्रलाई निरन्तर रूपमा गणनाको कार्य प्रारम्भ भएको छ’, निर्वाचन अधिकृत गुप्ताले भने ।
तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो । यस वडाको वडाध्यक्षका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा नेकपा एमालेका मोहन खड्का, नेपाली कांग्रेसका नवराज बस्नेत, नेकपा माओवादी केन्द्रका भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका सुरे तामाङ्गको उम्मेदवारी रहेका छन् । वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.