दोलखाको गौरीशंकर गाउँपालिकामा एमालेले लियो अग्रता, पछि पर्‍यो माओवादी

दोलखाको गौरीशंकर गाउँपालिकामा एमालेले लियो अग्रता, पछि पर्‍यो माओवादी

काठमाडौं : दोलखाको गौरीशंकर गाउँपालिकामा एमालेले अग्रता लिएको छ। उपाध्यक्षका पदका लागि भएको उपनिर्वाचनमा माओवादीका उम्मेदवारलाई एमालेकी उमा लुङ्गेली मगर शेर्पाले अग्रता कायम गरेकी हुन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकी उमाले १९७२ मत ल्याउँदा माओवादी केन्द्रकी निम लेकी शेर्पाले १९०६ मत ल्याएकी छन्।

उनीहरुबीचको मतान्तर ६६ रहेको छ। यस अगाडि माओवादीले निरन्तर अग्रता लिएको थियो। यसैगरी नेपाली काँग्रेसकी पासदिकी तामाङले १२८१ मत ल्याएकी छन्। 

५४९६ मत गणना हुँदा ५४१६ सदर र ८० मत बदर भएको छ। 

गौरीशंकरमा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७ राजनीतिक दलसहित १६ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । २०७९ को निर्वाचनमा उपाध्यक्ष पदमा कांग्रेसबाट श्यामसुन्दर तामाङ  निर्वाचित भएका थिए । गत वर्ष हृदय घातका कारण उनको मृत्यु भएपछि आइतबार उक्त पदमा निर्वाचन भएको हो । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.