कीर्तिपुर नगरपालिका माओवादी केन्द्र निरन्तर तेस्रो स्थानमा, कांग्रेसले बढायो मतान्तर
काठमाडौं : कीर्तिपुर नगरपालिका माओवादी केन्द्र निरन्तर तेस्रो स्थानमा रहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म मेयर पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले निरन्तर अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार ४७६८ मत प्राप्त गरेका छन्।
उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा. सुरेन्द्र मानन्धरले पछ्याइ रहेका छन्। मानन्धरले ३६६६ मत प्राप्त गरेका छन्। उनीहरुबीच ११०२ मतान्तर रहेको छ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ३३२७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १७०५, कवि कुमार महर्जनले १२२१ र दिनेश कुमार अधिकारीले १०४३ मत ल्याएका छन्। प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।