बिर्तामोडमा फलामको चेनगेटले किचेर एक बालकको मृत्यु
झापा : झापाको बिर्तामोडमा फलामको चेनगेटले किचेर एक बालकको मृत्यु भएको छ
मृत्यु हुनेमा इलाम जिल्ला देउमाई नगरपालिका-८ घर भई हाल बिर्तामोड नगरपालिका-१ बुद्धचोक निवासी रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईका अन्दाजी ३ वर्षीय छोरा दिवाहाङ राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मंसिर १३ गते साँझ ७ बजेको समयमा चेनगेटमा खेल्ने क्रममा बालक राई घाइते भएका थिए।
घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो। बालकको सोही अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो ३:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।